दमकबाट मेरिङ योङहाङ
दमक, लिम्बुवान, फागुन १० गते/ स्थानीय दमक बहुमुखी क्याम्पसमा दिवा सत्रको शिक्षा संकायतर्फ कक्षा ११ मा संघीय विद्यार्थी युनियन, लिम्बुवान इकाई समिति आज गठन भएको छ।

संवियु, लिम्बुवानका झापा जिल्ला उपाध्यक्ष सागर साँबा र जिल्ला सदस्य हुकुम सेर्माको पहल र उपस्थितिमा सेमिना लाओतीको अध्यक्षतामा १९ सदस्यीय इकाई समिति गठन भएको छ। नव गठित समितिमा उपाध्यक्षत्रय विशाल भुजेल, विवश राई र दिपेन राई, सचिव रुबेन राई, सह–सचिव संगीत राई, कोषाध्यक्ष ज्योति लिम्बु चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा सुम्निमा तुम्बापो, सचिन राई, आँचल राई, सबिना लिम्बु , सपना नेम्बाङ, सिमरन योङहाङ, निशान राई, निशान लिम्बु, निशान तामाङ, अनुशा श्रेष्ठ, मनिका बिक र प्रतिमा धिमाल छनौट भएका छन्।